बैशाख ०७, २०८१, शुक्रबार
               

तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए ज्याक मा

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

विगत ३ महिनादेखि सार्वजनिक कार्यक्रममा देखा नपरेका चिनियाँ अर्बपति ज्याक मा पुनः सार्वजनिक कार्यक्रममा देखिएका छन् । 

चिनियाँ सामाजिक सञ्चालमा ज्याक मा सार्वजनिक कार्यक्रममा सहभागी भएको भिडियो बाहिरिएकाे हाे। ज्याक माले आफ्नो लोक कल्याणकारी संस्था ‘ज्याक मा फाउन्डेसन’ को आयोजनामा ग्रामीण भेगका शिक्षकहरूलाई सम्बोधन गरेका थिए ।

'कोभिड-१९ महामारीपछि हामी फेरि भेट्नेछौं,' माको भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।।' उक्त कार्यक्रम ज्याक मा फाउन्डेसनले सन् २०१५ बाट सुरु गरेको वार्षिक कार्यक्रमकै निरन्तरता हो । यसअघि उक्त कार्यक्रम हैनान प्रान्तको सान्यामा हुँदै आएको थियो । कोरोना महामारीका कारण यस पटक भने उक्त कार्यक्रम अनलाइन माध्यमबाट आयोजना गरिएको जनाइएको छ ।

अलिबाबा र एन्ट ग्रुपका संस्थापक चिनियाँ अर्बपति ज्याक मा नोभेम्बरदेखि सार्वजनिक कार्यक्रमहरुमा देखा नपरेपछि बेपत्ता भएको आशंका गरिएको थियो । ज्याक मा केही महिना अघिसम्म ६० अर्ब डलर नेटवर्थसहित चीनको सबैभन्दा धनी व्यक्तिका रुपमा स्थापित थिए । तर चीन सरकारले वित्तीय प्रविधि कम्पनीहरुको नियमनमा कडाई गरेर एन्ट ग्रुपकाे आइपीओ रोक लगाएपछि २ महिनाको अन्तरालमा माको सम्पति १२ अर्ब डलरले घटेको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि