बैशाख १४, २०८१, शुक्रबार
               

ओलीको हालत ट्रम्पको जस्तै हुन्छ : यादव

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौैं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको हालत अमेरिकी राष्ट्रपतिको जस्तै हुने बताएका छन् । 

प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो कुरा बताएका हुन् । 

‘जसरी राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै ट्रम्पमाथि महाभियोग लाग्यो, ओलीमाथि पनि त्यस्तै हुन्छ,’ अमेरिकी राष्ट्रपतिसँग केपीलाई तुलना गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीको सोचमा नै निरकुंशता छ, उहाँलाई लाग्छ कि म जे भन्छु त्यही हुन्छ । तर उहाँको यो सोच गलत हो, कस्ता कस्ता राजा महाराजा समाप्त भइसके ओली को हुन् र ?’

प्रधानमन्त्री ओलीले जनताको जीवनसँग खेलवाड गरेको बताउँदै उनले उनले ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्ने बताए ।

ओलीका कारण देशको अर्थतन्त्र तहस नहस भएको बताउँदै उनले ओली शासनमा रहेसम्म देशको विकास नहुने धारणा बताए । 

कांग्रेसले समेत अहिले ढुलमुल चरित्र देखिएको बताउँदै उनले लोकतन्त्रको रक्षा काँग्रेसबाट हुन नसक्ने दावी गरे ।

 

यो पनि