बैशाख १३, २०८१, बिहीबार
               

संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल गुटको काठमाडौंमा मोटरसाइकल र्‍याली

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल गुट)ले मोटरसाइकल र्‍याली गरेका छन् ।

उनीहरुले विरोध प्रदर्शन गर्दै काठमाडौँको भृकुटीमण्डपबाट सुरु गरी पुतलीसडक, बागबजार, शहीदगेट, त्रिपुरेश्‍वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुनेसम्‍म मोटरसाइकल र्‍याली निकालेका हुन् ।

र्‍यालीमा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लगाउँदै सूर्य चिन्ह भएको झण्डा, नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने शीरमा झण्डा बाँधेका थिए ।

यता, माघ ९ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनलाई प्रभावकारी बनाउन मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बुझिएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको विरोधमा आगामी पुस ९ गते काठमाडौँमा दुई लाख मान्छे उतार्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई टुक्रा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सत्तामा छ । प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सडकमा छ ।


कस्तो लाग्यो ?

यो पनि