चैत १६, २०८०, शुक्रबार
               

भान्सामा राखेको बन्दुक पड्केर पाल्पामा एकको मृत्यु

नेपाल फ्ल्यास
माघ ०७, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

पाल्पा । पाल्पामा भरूवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–२ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बुधबार बिहान वीरबहादुर सारूको मृत्यु भएको जानकारी दिए ।

आज (बुधबार) बिहान ३ बजे बन्दुक पड्किएको आवाज सुनेपछि मृतकका दाजु नरबहादुर घटनास्थल पुगेका थिए । 

वीरबहादुर मृत अवस्थामा देखेपछि नरबहादुरले प्रहरीलाई खबर गरेका थिए । 

वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याई आफ्नै घरको भान्सा कोठामा राखेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि