बैशाख ११, २०८१, मंगलबार
               

अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडनले शपथ ग्रहण लिँदै

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडनले आज (बुधबार) शपथ ग्रहण गर्दैछन्।

क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा स्थानीय समय अनुसार बुधबार बिहान ८ बजेर ३० मिनेट (प्यासिफिक टाइम) अर्थात् नेपाली समय अनुसार राति १० बजेर ४५ मिनेटमा शपथ लिने भएका हुन् ।

७८ वर्षीय बाइडनले शपथ लिएसँगै हाल अमेरिकी राष्ट्रपतिका रुपमा रहेका डोनाल्ड ट्रम्पको कार्यकाल सकिनेछ।

राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्नेछन्।
अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ।

उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ। त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन्।

यो पनि