बैशाख ११, २०८१, मंगलबार
               

जनताको अदालतमा जाने अध्यक्ष दाहालको चेतावनी

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अदालतमा जाने बताएका छन् । 

पेरिसडाँडामा आयोजित आदिवासी जनजाति महासंघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।  संविधानको मूल मर्मविपरीत संसद् विघटन भएको बताउँदै उनले संवैधानिक निकायको सहजीकरणका लागि जनताको अदालतमा जाने बताएका हुन् । 

‘जनताको अदालतमा गएर संवैधानिक निकायहरुलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आइपुगेका छौँ । यो दुर्भाग्यपूर्ण कुरा हो’, उनले भने । प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई दबाब दिने काम भइरहेकाले त्यसको खबरदारी गर्ने बताउँदै आएका छन् ।

संसद् विघटनलाई गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको उनको भनाइ छ। सो क्रममा उनले युवालाई पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक लड्न आह्वान गरे ।

‘अहिलेको संविधानले नेपाली जनतामा सार्वभौमसत्ता निहीत भए पनि राजाको शैलीमा संसद् विघटन गरिएको छ,’उनले भने, ‘पहिले राजामहाराजाहरुले संविधानको धारा बदल्न पर्यो भने हामीमा अन्तरनिहित राजकीय र सार्वभौम अधिकार प्रयोग गरी फलानो–फलानो धारा निलम्बन गरिबक्सेका छौं भन्ने भाषा सुन्दै आएको हो ।’


कस्तो लाग्यो ?

यो पनि