बैशाख ०७, २०८१, शुक्रबार
               

भारतबाट कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । 

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले खोप सहयोग उपलब्ध गराएको जानकारी मन्त्री हृदयेश त्रिपाठीले दिएका हुन् । 

उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा ल्याइने मन्त्री त्रिपाठीले जानकारी दिए ।

भारतमा बनेको ‘कोभिसिल्ड’ नेपाल सरकारलाई भारतले अनुदानस्वरुप प्रदान गरेको हो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले खोप उपलब्ध गराएको भारत सरकारलाई धन्यवाद दिए ।

मन्त्री त्रिपाठीले कार्यक्रममा उपस्थित राजदूत विनयमोहन क्वात्रामार्फत भारत सरकारलाई धन्यवाद पठाएका हुन् ।

मन्त्री त्रिपाठीले नेपालका लागि भण्डारण र ढुवानीका लागि यो भ्याक्सिन उपयुक्त रहेको बताए ।

पहिलो चरणमा तीन प्रतिशत सफाइकर्मी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भ्याक्सिन दिइने जानकारी मन्त्री त्रिपाठीले दिए ।

नेपालका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाउने तयारी रहेको भन्दै उनले भ्याक्सिन प्रभावकारी ढंगले लगाउन कानुनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भइसके जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि