बैशाख १४, २०८१, शुक्रबार
               

सुनिल र कुशलको अर्धशतकमा पुलिसको शानदार जित

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । ​कीर्तिपुरस्थित क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गरेको हो । 

सुदूरपश्चिमले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । पुलिसको जितमा ओपनरद्वय सुनील धमला र कुशल मल्लले शानदार ब्याटिङ गरे । सुदूरपश्चिमविरुद्ध दुबैले अर्धशतक बनाए ।

धमलाले ५७ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए । यस्तै, भुर्तेलले ४४ बलमा ९ चौका र एक छक्काको मद्दतमा अविजित ५१ रन बनाउँदा अमित श्रेष्ठ १ रनमा नटआउट रहे । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए। ​बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर १ बलमा अलआउट हुँदै १ सय १० बनाएको थियो । ​उसका लागि खडकबहादुर बोहोराले सर्वाधिक ४० रन बनाए । 

यस्तै, सन्जु दमाईले ३५, अरुण ऐरीले १३ अर्जुन साउदले १० रनको योगदान दिए । बाँकि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका पाँच ब्याट्सम्यान शून्य रनमा आउट भए।

पुलिसका दीपेन्द्रसिंह ऐरी र सागर ढकालले घातक बलिङ गरे। दीपेन्द्रले ६।१ ओभरमा २ मेडन राख्दै १० रन खर्चेर ४ विकेट लिएका हुन् । ढकालले १० ओभरमा ३ मेडनसहित १८ रन दिएर ४ विकेट झारे । 

पुलिसको यो पहिलो जित हो। पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको थियो। पुलिसले २ खेलमा २ अंक जोडेको छ। यता सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो। सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै हारेको थियो।


कस्तो लाग्यो ?

यो पनि