बैशाख ०६, २०८१, बिहीबार
               

राजपरिवारको विरोध गर्नेलाई ४३ वर्षको जेल सजाय

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

एजेन्सी । राजपरिवारको विरोध गरेको अभियोगमा थाइल्यान्डकी एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाइल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो ।

‘आन्चन’ भनेर चिनिने ६३ वर्षीया पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडियो फाइल शेयर गरेकी थिइन् जसमा राजतन्त्रको अपमान गरिएको पाइएको थियो ।

आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लिपहरू शेयर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन् । सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो । तर, उनले दोष स्वीकारेकोले सजाय आधा घटाइएको बीबीसीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि