बैशाख ०८, २०८१, शनिबार
               

सागका लागि गठित विभिन्न समितिहरु विघटन

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लागि गठित विभिन्न समितिहरु विघटन गरिएको छ ।

आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले सबै समिति विघटन गर्ने निर्णय गरेको हो ।

२०१९ आयोजना भएको १३ औं साग तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६ को परिच्छेद– ३ को दफा १०, ११, १२, १४, १५ र १६ अनुसार गठित आयोजक समिति, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानिय सहजीकरण समिति, उपसमिति, कार्यदल र १३ औं साग कार्यकारी समितिको सचिवालय माघ ५ गतेदेखि विघटन गर्ने निर्णय गरिएको हो ।

बैठकले १३ औं सागको सफलताका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, नेपाल सरकार मन्त्रिपरिषद्, युवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, पर्यटन मन्त्रालय, वन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय सरकार वाग्मती प्रदेश, गण्डकी प्रदेश र २ नं. प्रदेश, काठमाडौं, पोखरा र ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, विभिन्न संघ संस्था, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, प्रायोजकहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न समितिहरु, कार्यकारी समिति, विषयगत समितिहरु, स्थानीय सहजीकरण समिति, उपसमिति, कार्यदल, राष्ट्रिय संघहरु, खेलाडीहरु, कर्मचारीहरु, पत्रकारहरु, दर्शकहरु र प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबैमा १३ औं दक्षिण एशियाली खेलकुद आयोजक समितिका तर्फबाट हार्दिक कृतज्ञता ज्ञापन गर्दै धन्यवाद दिने निर्णय पनि गरेको छ ।

२६ खेल समावेश १३ औं साग २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म भएको थियो । ऐतिहासिक सफलता हात पार्ने क्रममा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी २ सय ७ पदक जितेको थियो । 


कस्तो लाग्यो ?

यो पनि