बैशाख ०६, २०८१, बिहीबार
               

अन्त्यमा ट्रम्पले दिए आफ्ना साथीलाई माफी

एजेन्सी
माघ ०७, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार राति आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननलाई माफी दिएका छन् । 

ह्वाइट हाउसका पूर्व रणनीतिकार स्टिभ बेनन ठगी प्रकरणमा पक्राउ परेका थिए । मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि चन्दा संकलन गरेको आरोप उनीमाथि थियो । 

ट्रम्प प्रशासनका शीर्ष अधिकारहिरुले बेननलाई माफी मिलेको पुष्टि गरेका हुन् । 

म्यानहट्टन संघीय अदालतमा बेननमाथि ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलिरहेको थियो । पर्खाल बनाउनका लागि सर्वसाधारणहरुसँग १० लाख अमेरिकी डलर उठाएको आरोप उनीमाथि थियो ।

ट्रम्पले दिइरहेको क्षमादानको लहरमा बेनन अर्को नाम बनेका छन् । यसअघि सन् २०१७ यता ट्रम्पले झन्डै ९० जनालाई क्षमदान दिइसकेका छन् । 

सन् २०१६ मा सम्पन्न निर्वाचनमा हिलारी क्लिन्टनलाई हराएपछि ट्रम्पले बेनोनलाई आफ्ना प्रमुख रणनीतिकार र ह्वाइटहाउसका सिनियर काउन्सिलर नियुक्त गरेका थिए । 

यो पनि