बैशाख ०८, २०८१, शनिबार
               

ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
'मेरो मन पोल्छ'

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् ।

आज (बुधबार) सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले भने, ‘केपी ओली र माधव नेपाल उस्तै हुन् भन्दा मलाई पोल्छ ।’ जम्मै नेता उस्तै हुन् भनेर नकारात्मक भ्रम फैलाइएको बताउँदै उनले समाजमा राम्रा मान्छेहरु पनि रहेको बताए ।

नेपालले तत्कालिन एमालेको तर्फबाट गणतन्त्रका पक्षमा कुरा ल्याउने पहिलो व्यक्ति आफू नै रहेको समेत बताए । 

‘तत्कालीन एमालेको तर्फबाट पहिला गणतन्त्रको कुरा ल्याउने मै हुँ । १२ बुँदे सहमतिमा पनि मेरो पहल भयो । त्यसपछि तरंग नै छायो । तर अहिले गणतन्त्र जोगाउने सवालमा हामीले पुनः आन्दोलन गर्नुपर्दा माधव–केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ’, अध्यक्ष नेपालले भने, ‘कमजोरी सवैमा हुन्छ तर अन्तर्यको विवेचना हुनुपर्छ ।’ 

उनले केपी ओली अध्यक्ष भएबाटै एमालेको यात्रा ओरालो लाग्न थालेको पनि स्मरण गरे । ‘त्यो बेलादेखि नै हामी पीडित हौँ,’ नेपालको भनाइ छ । उनले सरकार र पार्टीबीचको सम्बन्ध गर्न तयार रहेको भन्दै दस्तावेजमा हस्तक्षेप नभएपनि नीतिगत कुरामा पार्टीमा सल्लाह हुन जरुरी रहेको बताए ।

जेल हाल्ने षडयन्त्र

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष प्रचण्डलाई जेल हाल्ने षडयन्त्र गरेको आरोप समेत लगाए । ओलीले आफूहरूको राजनीतिक जीवन सिध्याउन खोजेको नेपालले आरोप लगाए । 

अध्यक्ष नेपालले ओलीले प्रतिगमनको स्टेप चाल्ने पहिल्यै चेतावनी दिएको भन्दै आफूलाई ललिता निवास र प्रचण्डलाई थुन्न खोजिएको उल्लेख गरे । उनले ओली बदलाको भावनाले चल्ने मान्छे रहेको भन्दै उनले कसैले चुनौती दिएको मन नपर्ने बताए ।

‘ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए’, नेपालले भने, ‘ओलीले मलाई एक महिनामा म तपाईंहरूलाई सरप्राइज रिपोर्ट दिन्छु भन्नुभएको थियो, त्यो भनेको ललिता निवास जग्गा प्रकरणमा मलाई फसाउन खोजिएको रहेछ ।’

पछि आफूले सोध्दा त्यो कुरा होइन भनेर टारेको नेता नेपालले बताए ।


कस्तो लाग्यो ?

यो पनि