चैत १६, २०८०, शुक्रबार
               

महिला लिग फुटबल आजदेखि सुरु

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय महिला लिग सुरु हुँदैछ ।

महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा अपरान्ह २ बजे सुरु हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागिता रहेको छ । तीन विभागीय टोलीसहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडीसमेत राख्न पाउने अवशर दिइएकाे छ । प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि