बैशाख ०४, २०८१, मंगलबार
               

चेल्सीलाई हराउँदै लेस्टर सिटी शीर्षस्थानमा उक्लियो

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा लेस्टर सिटी उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शून्यका विरुद्ध दुई गोलले जित निकालेको हो ।

यो जीतसँगै लेस्टर ३८ अंकसहित पहिलो स्थानमा उक्लिएको छ । आज साँझ भने म्यानचेष्टर सिटी र एस्टन भिल्ला आमनेसामने गर्दैछन् । 


कस्तो लाग्यो ?

यो पनि