बैशाख ०८, २०८१, शनिबार
               

रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहबीच झडप

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

रुकुम पश्चिम । नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूहबीच झडप भएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९को राडीबजारमा दुई पक्षबीच भएको सामान्य कुरा बढ्दै झडपमा परिणत भएको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले १७ राउण्ड हवाई फायरिङ गरेको थियो । 

नेकपा प्रचण्ड–माधव समूह निकट आठविकासकोट नगरपालिका वडा नम्बर–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको थियो । 

‘स्थानीय कांग्रेस र नेकपा निकट युवाहरुबीच पहिले देखिनै विभिन्न विषयमा विवाद हुँदै आएको थियो,’ जिल्ला प्रहरी कार्यालयले भन्यो, ‘उक्त विवाद प्रहरीसम्म आएपछि मिलाउन खोज्दा नेकपाका केही केही युवाहरुले चौकीमै ढुंगामुढा गरेछन्, त्यसलाई नियन्त्रणमा लिन पनि हवाई फायर गर्नुपर्‍यो ।’

कार्यालयका अनुसार यसभन्दा पहिले पनि विवाद भएको र दुई पक्षलाई राखेर मिलाउने प्रयास भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि