बैशाख १४, २०८१, शुक्रबार
               

संसद् विघटन राजतन्त्र पुनर्स्थापना प्रक्रियाको सुरुवात हो: प्रचण्ड

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रचण्ड–माधव समूह नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको बताएका छन् ।

आफूनिकटस्थ नेपाल प्रेस संगठनको भेलामा बोल्दै राजाको भाषा ह्वास गनाएको टिप्पणी गरेका हुन् । ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हरमूल्यमा रोक्नुछ,’ उनले भने। चिनियाँ कम्युनिष्टमा नौ करोड सदस्य अनुशासनमा बसेको बताउँदै उनले केपी ओलीले नियम उल्लंघन गरेको आरोप लगाए । 

त्यसैगरी, उनले जेटमा विमानमा दुई पाइलट बताउने ओलीले आफूलाई पछाडि बस्न बताएसँगै पार्टीमा समस्या आएको बताए ।‘तर, पार्टी विभाजनमा आफ्नो केही कमजोरी छ,’ उनले भने । सही वा गलतबारे के हो भन्नेबारे छुट्याउन विद्वानले भन्दा सामान्यले चाँडै छुट्याउने बताउँदै उनले विद्वानहरु वाद तथा सिद्धान्त केलाउने नाममा ढिला गर्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि