बैशाख १३, २०८१, बिहीबार
               

पीएम कप : लुम्बिनी विजयी

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश-२ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो । लुम्बिनीले दिएको २५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभर ४ बलमा अलआउट हुँदै १८० रन मात्र बनाउन सक्यो ।

प्रदेश-२ का सुधिर चौधरीले ४२ रन जोड्दा महबुब आलमले ३१ रन बनाए । त्यस्तै हरिशंकर साहले २२ रन जोड्नु बाहेक प्रदेश-२ का अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

अन्तिम क्रममा विवेक यादवले ५१ रन बनाएर पारी उकास्ने प्रयास गरेका थिए । उनले अन्तिम विकेटका लागि दिव्यांशु मल्लिकका लागि ५६ रनको अर्धशतकीय साझेदारी गरेका थिए ।

लुम्बिनीका अनिल खरेलले सर्बाधिक ४ विकेट लिए । बिक्रम भुसाल र दिपेन्द्र रावतले २/२ तथा कृष्ण कार्की, अमित तामाङ र विक्रम भुषालले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाउँदै २५७ रन बनायो । लुम्बिनीका लागि सन्दिप रजाइलीले सर्वाधिक ८३ रन बनाए । यस्तै सौरभ खनालले ५६ रन बनाए भने विक्रम भुषालल ३६ रन बनाए । सन्दिप सुनार ११ रनमा आउट हुँदा कृष्ण कार्की १० रनमा पेभेलियन फर्किए । राम्रो सुरुवात नगरेको लुम्बिनीले ४२ रन बनाउँदा तीन विकेट गुमाएको थियो । तर चौथो विकेटका लागि सौरभ खनाल र सन्दिप रजाइलीले ९५ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । 

प्रदेश-२ का हरिशंकर साहले ३ विकेट लिए । त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट लिए । जितसंगै समूह 'बी' को लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । प्रदेश-२ ले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि