बैशाख ११, २०८१, मंगलबार
               

ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई माधव नेपालको आग्रह

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन् ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले भने, ‘तपाईंहरु खोजी पत्रकारिता गर्नुस् केपी ओलीको बारेमा । २०२८ सालदेखिको फेहरिस्त लेख्नुस् । जेलभित्रको कुरा लेख्न्स् । मदन भण्डारी महासचिव भएको बेलाको कुरा खोज्नुस् । मेरो, प्रचण्डको, वामदेव गौतमको हुर्मत लिएको कुरा लेख्नुस् ।’

नेकपा विभाजित भएपछि पार्टी समर्थित पत्रकारहरु पनि विभाजित भएका छन् । प्रचण्ड-नेपाल समूहले 'प्रेस संगठन'को नाममा भेला बोलाएको छ भने केपी ओली पक्षले 'प्रेस सेन्टर'को नाममा भेला बोलाएको छ । 


कस्तो लाग्यो ?

यो पनि