बैशाख १४, २०८१, शुक्रबार
               

प्रदेश १ : प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा ३३ सांसद

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहको प्रदेशसभा १ को संसदीय दलको बैठक सुरु भएको छ । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका छन् ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्ड-माधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड-माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रचण्ड-माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका कारण यो समूह दबाबमा छ ।

आज नै प्रदेशसभामा कांग्रेस संसदीय दलको बैठक पनि बसेको छ । सरकारमा सामेल हुने वा नहुने अथवा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले बताए । यसबारे बैठकमा छलफल हुने उनको भनाइ छ ।

 नेकपा ओली समूहको बैठक भने भोलि (बुधबार) बस्दैछ ।


कस्तो लाग्यो ?

यो पनि