बैशाख १३, २०८१, बिहीबार
               

विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जना घाइते

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

मोरङ । मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन्। 

आज (मंगलबार) बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बा २ ख ४५८ नम्बरको बस अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ ।  

हुस्सुका कारण केही नदेखिने अवस्थामा अगाडि मोटरसाइकल आइपुगेकाले बचाउने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थी बोकेको बस सुनवर्सी नगरपालिका-९ को भेडुवाथानमा दुर्घटनामा परेको हो ।

 घाइते विद्यार्थीमा रतुवामाई नगरपालिका-३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ । घाइते विद्यार्थी  सबैको अवस्था सामान्य छ । 


कस्तो लाग्यो ?

यो पनि