चैत १५, २०८०, बिहीबार
               

अपडेट : मजदुरहरुमाथि ट्रक गुड्दा १५ को मृत्यु

एजेन्सी
माघ ०६, २०७७

ADVERTISEMENT

भारतको गुजरातमा ट्रकले किच्दा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

गुजरात प्रहरीका अनुसार गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु भएपछि मृतककाे संख्या १५ पुगेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोसम्बा भन्ने स्थानमा सडक छेउ फुटपाथमा सुतिरहेका २० मजदुरमाथि गुडिरहेको ट्रक चढेको हो ।

ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका बासिन्दा थिए ।

ट्रकले किचेर १२ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर आठ घाइतेमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । अन्य ६ जना गम्भीर घाइतेको उपचार जारी छ ।

प्रहरीका अनुसार एउटा ट्याक्टरमा ठाेक्किएपछि अनियन्त्रित भएकाे ट्रक मजदुर सुतिरहेकाे फुटपाथमा चढेकाे थियाे । 


कस्तो लाग्यो ?

यो पनि