बैशाख १३, २०८१, बिहीबार
               

फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १३ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

भारतको गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरत नजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि उखु बोकेको  ट्रक कुदेको थियो । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि  ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।

राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए । दुर्घटनामा घाइते भएका अन्यलाई अस्पताल लगिएको छ । 


कस्तो लाग्यो ?

यो पनि