बैशाख १४, २०८१, शुक्रबार
               

भारतमा खोप लगाएका दुई जनाको मृत्यु, ५ सय ८० जनामा साइडइफेक्ट

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा समस्या देखिएको छ ।

सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।

शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म ३ लाख ८१ हजार जनाले खोप लगाइसकेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि