बैशाख ०७, २०८१, शुक्रबार
               

आफ्नै घरभित्र एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०५, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । मकवानपुरमा एक महिला घरभित्रै मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरगढी गाउँपालिका-२ स्थित भालङटारमा सोमबार  ४६ वर्षीया श्रीमाया गोले आफ्नै घरभित्रै मृत फेला परेकी हुन् ।

घटनाबारे जानकारी पाएलगत्तै घट्ना स्थल पुगेको प्रहरी टोलीले मृतकको श्रीमान ४६ वर्षीय देवराज गोलेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

घटना संकास्पद देखिएको भन्दै प्रहरी उनका देवराजलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमायाको हत्यामा देवराजको संलग्नता देखिन आएकोले उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। 


कस्तो लाग्यो ?

यो पनि