बैशाख ०८, २०८१, शनिबार
               

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भइरस पुष्टि

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । बेलायतबाट नेपाल फर्केका तीन जनामा युके भेरिएन्ट (बी–११७) नामक कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । ‘तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको छ,’  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरुमध्ये ६ नमुनामध्ये ३ जनामा पुष्टि भएको हो ।’ 

नयाँ कोरोना  भाइरस पुष्टि हुनेमा २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुष छन् । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पिसिआर नेगेटिभ भइसकेको भने ६७ वर्षीय पुरुष पोजिटिभ देखिए पनि उनमा लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । 

उनीहरुको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको मन्त्रायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


कस्तो लाग्यो ?

यो पनि