बैशाख ०७, २०८१, शुक्रबार
               

बाइडेनको शपथ नजिकिँदै गर्दा अमेरिकामा हतियारधारी समूहको बिगबिगी

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं :  अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण कार्यक्रम नजिकिँदै गर्दा विभिन्न सहरमा हतियारसहितका प्रदर्शनकारीहरु देखिन थालेका छन् ।

शपथग्रहण समारोह विथोल्ने गरी राष्ट्रपति ट्रम्प समर्थकहरु सडकमा निस्किन पूर्वानुमानकाबीच स–साना सशस्त्र समूह देखिन थालेपछि सुरक्षा खतरा बढेको हो । केही समयअघि वासिंङटनस्थित क्यापिटल हिलमा ट्रम्प समर्थकहरुले हिंस्रक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरु अहिले वासिंटनस्थित क्यापिटल हिलको बाहिर जम्मा हुन थालेको जनाइएको छ । 

त्यस्तै, टेक्सास, ओरेगोन, मिचिगान, ओहियोलगायतका क्षेत्रमा जम्मा हुन थालेका छन् । थुप्रै क्षेत्रमा भने त्यहाँको नेशनल सेक्युरिटी गार्डले हतियारसहितका व्यक्तिलाई प्रतिबन्ध लगाएको छ । हिजोदेखि सडकमा निस्किएका हतियारसहितका प्रदर्शनकारीहरु बुंगालो बोइज समूहका सदस्य रहेको अनुमान गरिएको छ । 

राष्ट्रपति जो बोइडेनले जनवरी २० मा अमेरिकी राष्ट्रपति पदको शपथग्रहण गर्दै छन् । उनको सपथ ग्रहण विथोल्न ट्रम्प समर्थकहरु हतियारसहित प्रदर्शनमा निस्किन सक्ने त्यहाँको संघीय अनुसन्धान ब्युरोले पहिले नै अनुमान गरेको थियो । यो अनुमानअनुसार अमेरिकाका ५० वटै राज्यको सुरक्षा व्यवस्था निकै कडा पारिएको अधिकारीहरुले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि