बैशाख १४, २०८१, शुक्रबार
               

इन्डोनेसियाको भूकम्पमा परी मर्नेको संख्या ५७ पुग्यो

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

एजेन्सी । इन्डोनेसियामा  शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५७ पुगेको छ ।  राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार सो जानकारी दिएको हो ।

इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । तर, हाल यो संख्या बढेर ५७ पुगेको सो निकायले जानकारी दिएको हो ।

यस भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने ती मध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताएका छन ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भूकम्पका कारण १५ हजार भन्दा बढी मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका थिए भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि