चैत १६, २०८०, शुक्रबार
               

टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । जिल्लाकाे महादेवस्थानमा टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै एक जनाकाे अवस्था गम्भीर छ ।

सोलुदुधकुन्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमाना स्थित महादेवस्थान भीरमा गएराति ११ बजे बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दाधिङका अन्दाजी ३२ वर्षीय चालक कमल मगर, मकवानपुर बाग्मती गाउँपालिका -४का अन्दाजी ३२ वर्षीय रामकुमार मगर र सप्तरी सुरुङ्गा नगरपालिका -८ का १९ वर्षीय कृष्णलाल चौधरी रहेका छन् ।

यस्तै मकवानपुर बाग्मती गाउँपालिकाकै २३ बर्षिय रमेश मगर गम्भीर घाइते भएका छन् । दुर्घटना भएको टिपर दुधकोशी सोलुखोला -८६ मेघावाट जलविद्युत आयोजनाको निर्माण स्थलमा प्रयोग गरिदैँ आएको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि