बैशाख ०७, २०८१, शुक्रबार
               

यस्तो छ आज बिहानैदेखिको मौसम

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमका गतिविधीबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा बढी कुहिरो (हुस्सु) लाग्ने छ भने केही स्थानमा सफा रहने छ ।

दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । साथै, राती पनि देशका पहाडी भू–भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि