चैत १६, २०८०, शुक्रबार
               

हाेम डेलिभरीकाे बहानामा ठगी गर्ने २ जना पक्राउ

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

ललितपुर । सामाजिक सञ्जालमार्फत ठगी गर्ने २ जनालाई प्रहरी पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा विभिन्न कम्प्युटर, मोबाईल, घडी, ल्यापटप, क्यामेरा जस्ता ईलोक्ट्रोनिक सामानहरु बजार मूल्य भन्दा सस्तोमा डेलिभरी गराउने भनि विज्ञापन राखी विभिन्न व्यक्तिहरुलाई लोभलालचमा पारी रकम जम्मा गर्न लगाई रकम पाए पश्चात सम्पर्कविहिन भई सामान समेत डेलिभरी नगरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ पर्नेहरूमा पर्सा पकाहामैनापुर गाउँपालिका-४ ठेगाना भएका २८ वर्षीय अजय भन्ने प्रमोद साह तेली र पर्सा बहदुरमाई नगरपालिका-८ घर भई काठमाडौं गौशाला बस्ने ३९ वर्षीय मेवालाल साह तेली रहेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि