बैशाख १२, २०८१, बुधबार
               

चिलिमे जलविद्युतको नगद लाभांश शेयरधनीहरूको खातामा

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश दिएको छ । 

यस कम्पनीको पुस १२ गते बसेको साधारणसभाले पारित गरेको १० प्रतिशत नगद लाभांश बुक क्लोज हुँदा मंसिर २८ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा जम्मा गरिदिएको  छ ।

शेयरधनीहरूले शेयर धितो राखेका भए लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र लिनु पर्ने छ । यस कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि