चैत १६, २०८०, शुक्रबार
               

ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला हो : अध्यक्ष नेपाल

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भएको बताएका छन् । 

आइतबार आफूनिकटस्थ कार्यकर्ता भेलालाई संबोधनका लागि दाङ पुगेका उनले ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरेको बताउँदै सो कुरा बताएका हुन् । 

एक सयको हाराहारीमा रहेकाहरुले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालले बताए । ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने’, नेपालले भने ।

ओलीमा आफू महाराजा बनेको र भारदारबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको उनले बताए । विधि, विधान र संविधान नमान्ने ओलीले आफूले जे गर्‍यो, त्यही कानुन भन्ने अहंकार रहेको  बताउँदै उनले एकदिन नाङ्गो राजाको अवस्था आउने चेतावनी दिए । 

पार्टी, आन्दोलन, संविधान, देश केही पनि भन्ने भस्मासुर प्रवृत्ति ओलीमा रहेको नेपालले आरोप लगाए । प्रतिनिधिसभा विघटन गरेर ओली आफैँ काम चलाउ सरकारको प्रधानमन्त्री बनेको बताउँदै उनले यस्तो प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनदेखि दीर्घकालीन महत्वको काम गर्न नमिल्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि