बैशाख ०६, २०८१, बिहीबार
               

प्रचण्ड-माधवले नेतृत्व गरेको सूमूह नै आधिकारिक नेकपा हो : खनाल

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड-माधवले गरेको समूह नै आधिकारिक नेकपा भएको बताएका छन् । 

आइतबार प्रचण्ड–नेपालनिकटस्थ अनेरास्ववियुले गरेको कार्यक्रममा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन् । प्रतिनिधिसभा विघटन गर्ने अधिकार ओलीलाई नभएको बताउँदै उनले सर्वोच्च अदालतमाथि आफूहरुको विश्वास रहेको बताए । 

‘यसले निष्पक्ष न्याय दिन्छ,’ खानालले भने, ‘केपी ओलीले जसरी हामी अदालतलाई दवाव दिँदैनौँ ।प्रधानमन्त्रीको कुर्सीमा बसेका ओलीलाई संविधानविपरीत बोल्ने, निर्णय गर्ने अधिकार छैन ।’

केपी ओलीका कारण सिंगो देशसामु ठुलो चुनौती खडा भएको बताउँदै उनले संसद् विघटनको मुद्दालाई सर्वोच्चले संविधान हेरेरै निर्णय गर्नेमा आफूहरु ढुक्क रहेको बताए ।

संविधानमा पार्टी फुटाउने अधिकार कसैलाई नभएको उनले बताए । ‘पार्टी फुटाउने हो भने केन्द्रीय सदस्यमा ४० प्रतिशत संसदीय दलमा ४० प्रतिशत हुनुपर्छ । हाम्रो पक्षमा ७० प्रतिशत अर्थात् ३१५ केन्द्रीय समिति सदस्य छन् । बहुमत भएको पार्टी नै आधिकारिक नेकपा हो । बालुवाटारमा केपी ओलीले गरेको बैठक मण्डले प्रवृत्ति भएकाहरुको गुटको बैठक हो ।’ 


कस्तो लाग्यो ?

यो पनि