बैशाख १३, २०८१, बिहीबार
               

आज नेप्से बढेर २३१५ को विन्दुमा

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो कारोबार नेप्सेमा २८.४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । 

आज २०८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेपाल टेलिकमकोे ५८ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको २२ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

साल्ट टेडिङको १० प्रतिशतका दरले वृद्धि भएको छ, भने नारायणी डेभलपमेन्ट बैंकका ९.९८ का दरले वृद्धि भएको हो ।

साथै,युनाईटेड फाइनान्सको ५.७१ प्रतिशतका दरले घटेको छ, भने एभेरष्ट इन्स्योरेन्सको प्रमोटर शेयर ३.३० प्रतिशतले दरले घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि