चैत १५, २०८०, बिहीबार
               

आइएमई जनरल इन्स्योरेन्सले कृषि बीमा अभिकर्ता तालिम प्रदान गर्ने

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले तालिम संचालन गर्ने भएको छ । सो तालिम माघ ११ गतेदेखि १४ गतेसम्म भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । तालिम दस्तुर १ हजार रुपैयाँ लाग्नेछ ।

उक्त तालिम लिन इच्छुकले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो तीनप्रति, स्थायी लेखानम्बर प्रकाशित मितिभित्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । 

तालिमका लागि शैक्षिक योग्यतामा एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तिमा एक वर्षको तालिम प्राप्त वा कृषि, पशु विज्ञानमा सोभन्दा माथिल्लो योग्यताप्राप्त भएको प्रमाणपत्र प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ । 

यो पनि