बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । 

आइतबार ओली शीतलनिवास पुगेका हुन् ।

समसामयिक विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ब्रिफिङ गर्ने प्रचलनअनुसार ओली शीतलनिवास पुगेका बताइएको छ । 

तर, भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ सुरु हुनुअघि भएको प्रधानमन्त्री र राष्ट्रपतिको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो पनि