बैशाख १३, २०८१, बिहीबार
               

कोरोनाबाट विदेशमा ३१९ जना नेपालीको मृत्यु

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एक जना र साउथ अफ्रिकामा एक जनाको मृत्यु भएको हो ।

याेसँगै विदेशमा कोरोनाभाइरसबाट विदेशका २० मुलुकमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३१९ पुगेको छ । 

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार ५९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५२ हजार ९४५ जना कोरोना मुक्त (डिस्चार्ज) भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  

यसैबीच कोरोना भाइरस संक्रमणका कारण नेपालमा १९ सय ५४ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि