बैशाख १२, २०८१, बुधबार
               

संगीतकार संघको अध्यक्षमा मुकारुङ चयन

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । संगीतकार पारस मुकारुङलाई संगीतकार संघ नेपालको अध्यक्षमा चयन गरिएको छ । उक्त संघको १०औँ साधारणसभाले मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमितिमा समेत चयन गरिएको हाे ।

नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापालाई चयन गरिएको संघले जनाएको छ ।

यसैगरी सदस्यमा जेम्स प्रधान, राजन इशान, कालीप्रसाद बाँसकोटा र टंक बुढाथोकी रहेका छन् । नयाँ अध्यक्ष मुकारुङले सबै स्रष्टाहरुको गुमेको प्रतिलिपि अधिकार र नैतिक अधिकार स्थापित गर्न लागिपर्ने बताए ।

साधारणसभाको अवसरमा याङ्सु श्रेष्ठको नाममा स्थापित याङ्सु बाल प्रतिभा पुरस्कार गायकद्वय प्रितम आचार्य र आयुष केसीलाई प्रदान गरिएको छ ।

स्रष्टाको प्रतिलिपि अधिकारमाथि निरन्तर कलम चलाइदिएको भन्दै नयाँ पत्रिका दैनिकका पत्रकार नवीन प्यासी, बाह्रखरी अनलाइनका पत्रकार नरेश फुयाँल र हंगामा टुडेका पत्रकार सीताराम बडाललाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको संघले जनाएको । 


कस्तो लाग्यो ?

यो पनि