बैशाख ०८, २०८१, शनिबार
               

कोरोना संक्रमित कैदीलाई सुईद्वारा मृत्युदण्ड

एजेन्सी
माघ ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकी सरकारले बिहीबार सन् १९९२ मा भर्जिनियाको राजधानीमा भएको हिंसात्मक आक्रमणमा ७ जना व्यक्तिको हत्या गरेको अभियोगमा दोषी ठहर्‍याइएका एकजना लागुऔषध ओसार–प्रसारकर्तालाई मृत्युदण्ड दिएको छ ।

५२ जना प्रत्यक्षदर्शीको उपस्थितिमा उनलाई मृत्युदण्ड दिइएको हो । कोरोनाबाट ग्रसित कोरी जोहन्सनको मृत्युदण्ड रोक्न उनका वकिलहरूले ठूलो प्रयास गरेका थिए । तिनीहरूले गत महिना मात्र कोरोना भाइरस संक्रमित हुन पुगेका कारण फोक्सोमा क्षति पुगेका जोहन्सनलाई विषाक्त पेन्टोवार्बिटल खोप दिइँदा असह्य पीडा हुने भन्दै मृत्युदण्ड रोकन आग्रह गरेका थिए । 

१७ वर्षसम्म मृत्युदण्डमा लगाइएको रोक ट्रम्प सरकारले पुनः चालू गरेको थियो । संघीय मृत्युदण्ड शुरू भएयता इन्डियानाको टेर्रे हटे कारगारमा मृत्युदण्ड दिइएका जोहन्सन १२ औं कैदी हुन् । वकिलहरूका अनुसार उनी मानसिकरूपमा पनि निकै अशक्त थिए । 

मृत्युदण्डपछि उनका वकिलहरूले अन्तिम क्षणमा उनले पिज्जा खाएको र स्ट्रेवरी सेक पिएको तर उनको इच्छाबमोजिम उनलाई जेली भरिएको डोनट खान नदिएको बताएका छन् । साथै उनले आफ्नो अपराधप्रति दुःख व्यक्त गर्दै पीडित परिवारहरूसँग क्षमा मागेका थिए । 


कस्तो लाग्यो ?

यो पनि