बैशाख १३, २०८१, बिहीबार
               

अमेरिकाको सबै राज्यमा सुरक्षा सतर्कता उच्च

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकाले सबै राज्यमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।

बुधबार हुने राष्ट्रपतिको शपथ कार्यक्रममा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै ५० वटै राज्यहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बाइडेनको सपठ्ठ समारोहलाई लक्षित गर्दै सबै राज्यका संसदमा आक्रमण गर्न सक्ने ठान्दै सुरक्षा सतर्कता उच्च पारिएको हो ।

यसअघि, ट्रम्पका समर्थकले अमेरिकाको संघीय संसद भवन क्यापिटल हिलममा आक्रमण गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

अमेरिकाका सबै सरोकारित निकायले नोभेम्बरमा भएको चुनावमा जो बाइडेनले जितेको प्रमाणित गरे पनि बहालवाला राष्ट्रपति ट्रम्पका समर्थकले त्यसलाई स्वीकारेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि