बैशाख ०६, २०८१, बिहीबार
               

भन्सार छली ल्याएको २३ थान मोबाइल बरामद

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । भन्सार छलि ल्याएको विभिन्न कम्पनीका २३ थान मोबाइल चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट शनिबार बिहान प्रहरीले बरामद गरेको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लु.२ ख ४२१६ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोबाइल फेला पारी बरामद गरेको हो ।

बरामद मोबाइलहरू आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइने महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि