बैशाख ०७, २०८१, शुक्रबार
               

संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आयो : कांग्रेस नेता डा. रिजाल

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले संविधान जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन्।

नेपालगञ्ज भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका  हुन् ।सो कार्यक्रमलाई सम्बोधन गर्दै डा.रिजालले संविधानलाई भत्काएर चुनावमा जान नसकिने बताए । ‘सग्लो संविधान शिरमा राखेर मात्र जनतामा जानुपर्छ,’  उनले भने, ‘कांग्रेसका साथीहरु पनि अलमलमा नपर्नुस्, संविधानलाई भत्काएर चुनावमा के भनेर जाने ?, सग्लो संविधान शिरमा राखेर जनतासमक्ष जाने हो, अवसरवादी भएर कांग्रेसले सोच्न सक्दैन ।’

कांग्रेसको नेतृत्वमा बनेको संविधान केपी ओलीले भत्काएको  बताउँदै यही अवस्थामा चुनावमा जाँदा के एजेन्डा लिएर जाने भनी प्रश्न गरे । ‘पार्टीलाई फाइदा हुन्छ भन्दैमा चुनावमा कुद्ने होइन, विधि विधानलाई ध्यान दिउँ, संसद् पुनःस्थापनको विकल्प छैन,’ डा. रिजालले भने, ‘संविधान भत्काएर गरिएको संसद् विघटन चुनावमा जान नभई सत्तामा बसिरहन बदनियतपूर्ण तरिएकाले गरिएको हो ।’

ओलीको बिदाइ अवश्यम्भावी रहेको बताए । उनले भने, ‘अमेरिकामा अधिनायकवादका प्रतीक ट्रम्प ढलेका छन्, अब नेपालमा केपी पनि ढल्छन् ।’ यसका अलवा उनले राष्ट्रपतिलाई आफ्नो ठाउँमा बस्न पनि आग्रह गरेका छन् । राष्ट्रपति मर्यादामा बस्न नसक्दा केपी ओली प्रवृत्ति  बढेको उनको विश्लेषण छ । 


कस्तो लाग्यो ?

यो पनि