बैशाख १२, २०८१, बुधबार
               

प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने कांग्रेस वरिष्ठ नेता पौडेलको भनाइ

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।

तनहुँमा भएको एक कार्यक्रमलाई संबोधन गर्दै उनले सो कुरा बताएका हुन् ।मुलुकलाई ‘अस्थिरताको भूमरी’बाट जोगाउनका लागि प्रतिनिधिसभा पुनर्स्थापना हुनेपर्ने उनले बताए । संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा नै निर्णय गर्नेमा आफू  विश्वस्त रहेको उनको भनाइ छ । 

‘चुनावमा जान काँग्रेसलाई कुनै हतार भएको छैन, काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन,’उनले भने । त्यसैगरी उनले संविधान बचाएर त्यही संविधानबमोजिम चुनावमा जान काँग्रेस तयार रहेको बताए । 

‘चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो, त्यस्तो चुनाव बहिष्कार गर्दै आएका हौँ,’ उनले भने, ‘जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भयो ।’

यो पनि