बैशाख ०८, २०८१, शनिबार
               

कंगनामाथि चोरीको आरोप

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

बलिउडकी चर्चित नायिका कंगना रनावतमाथि चोरीको आरोप लागेको छ ।  

उनले नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न – द लेजेन्ड अफ दिद्दा’  फिल्मको कहानी चोरी गरेको आरोप लागेको छ । लेखक आशिष कौलले कंगनामा उनको कथा चोरेको आरोप लगाएका छन् ।

आशिष कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै कंगनाले आफ्नो कहानी चोरेको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु । आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ ।’

आशिष कौलको दाबी अनुसार उनको बुक ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’ को अंग्रेजी संस्करण आइसकेको छ । उनी भन्छन्, ‘मसँग कपिराइट छ र उनी यस्तो कसरी गर्न सक्छिन् । लकडाउनका बेला मैले कंगनासँग किताबको हिन्दी संस्करणका लागि सम्पर्क गरेको थिएँ । मैले आफ्नो बुकका लागि कंगनालाई हिन्दी संस्करणको मेल पठाएको थिएँ तर उनको कुनै उत्तर आएको थिएन ।’

आशिषले थपेका छन्, ‘कंगनाले अचानक घोषणा गरेको फिल्मको कहानीमा मेरो कपिराइट छ । फिल्मको विषयमा मेरो रिलायन्स इन्टरटेनमेन्टसँग कुरा भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि