चैत १६, २०८०, शुक्रबार
               

बुधबार बिहानै ट्रम्पले छाड्लान् त ह्वाइट हाउस ?

एजेन्सी
माघ ०३, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहानै ह्वाइट हाउस छाड्ने तयारी गरिरहेका छन् । 

बुधबार (जनवरी २०) मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले संसद् भवनमा सपथ लिनेछन् र ह्वाइट हाउस जानेछन् । 

ह्वाइट हाउसमा कार्यरत एक कर्मचारीका अनुसार बुधबार बिहानै ट्रम्पले ह्वाइट हाउस छाड्ने तयारी गरेका छन् । 

ट्रम्पले आधिकारीक रुपमा ह्वाइट हाउस छाड्ने विषयमा भने अहिलेसम्म जानकारी दिइसकेका छैनन् । 

ट्रम्पले राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई अहिलेसम्म बधाई समेत दिएका छैनन् र बाइडेनको सपथमा पनि उपस्थित नहुने बताइसकेका छन् । 

यद्यपी, शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने घोषणा भने ट्रम्पले गरिसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि