बैशाख १३, २०८१, बिहीबार
               

ट्रम्पलाई ब्लक गर्दा फेसबुक र ट्वीटरको एक सातामा ५९ अर्ब गुम्यो

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्रम्पलाई ब्लक गर्दा फेसबुक र ट्वीटरको एक सातामा ५९ अर्ब गुमेको छ । फेसबुक र ट्वीटरले मात्रै यो निर्णयका कारण एक सातामा ५१.२ बिलियन डलर गुमाएका छन् अर्थात् ५९ अर्ब २४ करोड रुपैयाँ गुमाएका छन् । 

क्यापिटल हिलमा भएको हिंसात्मक झडपपछि ट्रम्पलाई विभिन्न प्लेटफर्मबाट ब्लक गरिएको थियो । ट्रम्पलाई ब्लक गरेपछि उनका समर्थकहरुले फेसबुक र ट्विटरलाई यो अवस्थामा पुर्‍याएका हुन्  ।जुन यसअघि यसअघि कल्पनासमेत गरिएको थिएन । 

सामाजिक सञ्जालहरुले थप हिंसाको सम्भावनालाई ध्यानमा राखेर यस्तो प्रतिबन्ध लगाएका थिए । यो कारणले फेसबुकको मूल्यमा सोमबार ४ प्रतिशत र मंगलबार २.२ प्रतिशत गिरावट आएको थियो । यो गिरावटका कारण फेसकुकको बजार मूल्य ४७.६ विलियन डलरले घटेको छ । 

त्यसैगरी ट्वीटरले पनि साताको सुरुवातमा सोमबार ६.४ प्रतिशत गिरावट व्यहोरेको थियो । मंगलबार २.४ प्रतिशतले गिरावट हुँदा कुल बजार मूल्यमा ३.५ बिलियन डलरर गिरावट आएको छ ।  

यो निर्णयका कारण फेसबुक र ट्वीटरले अहिले पश्चाताप गर्न थालेका छन् ।

 

 


कस्तो लाग्यो ?

यो पनि