बैशाख १३, २०८१, बिहीबार
               

काँडाघारीमा दुई वर्षीया बालिका बलात्कृत, १४ वर्षीय किशोर पक्राउ

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे दुई वर्षीया बालिका बलात्कृत भएकी छिन् । 

१४ वर्षीय किशोरबाट बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आरोपी किशोरलाई अदालतबाट पाँच दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको छ ।

काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

गत सोमबार बालिका बलात्कार गरेको सूचना आएपछि महानगरीय प्रहरी प्रभाग काँडाघारीले घटनामा संलग्न किशोरलाई पक्राउ गरेको थियो ।

बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार अपराधमा संलग्न बालबालिकालाई नियन्त्रणमा लिएपछि प्रहरीको हिरासतमा राख्न पाइँदैन । 

बालबालिकालाई निगरानी कक्षमा राखेर बालमनोविज्ञको परामर्श दिनुपर्छ । 


कस्तो लाग्यो ?

यो पनि