बैशाख १३, २०८१, बिहीबार
               

चीन पुगेका डब्ल्यूएचओका विशेषज्ञ टोली क्वारेन्टिनमा

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक अन्तर्राष्ट्रिय विशेषज्ञ टोली बिहीबार चीन आइपुगेपछि वुहानको एउटा होटलमा क्वारेन्टिनमा रहेको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिचियानले बताएका छन् ।

डब्लुटिओको १३–सदस्यीय टोलीले कोभिड–१९ को उत्पत्तिको बारेमा चिनियाँ वैज्ञानिकहरुसँग संयुक्त वैज्ञानिक अनुसन्धान गर्ने पनि झाओले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा बताए । 

न्यूक्लिक एसिड परीक्षण अनुगमनमा संलग्न चीनको नियमहरू वर्तमान विश्वव्यापी महामारीको स्थितिको आधारमा र अन्य देशहरूद्वारा गरिएको व्यवस्थाको आधारमा तर्जुमा गरिएको पनि उनले बताए ।

यो अभियानको उद्देश्य महामारी रोकथाम र नियन्त्रण सुनिश्चित गर्दै चिनियाँ र विदेशी कर्मचारीहरूबीच आपसमा अनुभव आदानप्रदानको ग्यारेन्टी गरिरहने भएको उनको दावी थियो ।

‘महामारीको रोकथाम र नियन्त्रणका साथै सुरक्षाको रक्षार्थ ‘क्रस इन्फेक्सन’ को जोखिमलाई न्यूनीकरण गर्नु पनि चीनले कमाएकोे उपलब्धी रहेको र यसको उक्त टोलीले प्रशंसा गरेको बताइएको छ । 

चीनले महामारीको रोकथामसम्बन्धी नियम र आवश्यकताको कडाईका साथ पालन गर्नेछ र डब्ल्यूएचओ विशेषज्ञहरूलाई सहयोग पुर्याउनेछ । चीनले वुहानमा रहँदा उक्त टोलीलानई भाइरसको उत्पत्ति पत्ता लगाउन सहयोग पुर्याउने पनि झाओले बताए । 

यो पनि