बैशाख ०८, २०८१, शनिबार
               

आज कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ । गत पौष पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए ।

त्यसैको विरोधमा आज कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो । शुक्रबार कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले सूचना जारी गरेर आज ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

सभापति देउवाद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ, पौष १३ गते १६५ निर्वाचन क्षेत्रमा र पौष २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न भएका छन्‚ माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’ कांग्रेसले यसभन्दा अगाडि गत पौष १३ गते १६५ निर्वाचन क्षेत्र र पौष २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि