बैशाख १३, २०८१, बिहीबार
               

पहिलो पटक नेपालमा कोरोनाविरुद्ध खोपले पायो अनुमति

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको छ । उक्त खोप अक्सफोर्ड, एस्ट्राजेनेकासँग मिलेर बनाएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न बाटो खुलेको जानकारी दिए । गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरि प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । साथै औषधि व्यवस्था विभागले खोप दर्ताका लागि आह्वान गरिसकेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि